पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन्ः सभापति देउवा

काठमाडौँ, साउन २५ गते । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक पर्वहरू हाम्रा पहिचान मात्र नभई सामाजिक एकता र सांस्कृतिक समृद्धिका प्रतीक पनि भएको बताउनुभएको छ । गाईजात्रा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले यस्ता
पर्वले नेपाली समाजको आस्थासँगै परम्परागत मूल्यहरूलाई जीवित राखेका बताउनुभयो । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले भरिपूर्ण सुन्दर देश हो । यहाँ विभिन्न जातजाति/समुदायका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्वहरू छन् ।
खुशी टाइम्स
सम्बन्धित खबर
विद्युत् व्यापारमा साढे चार अर्ब फाइदाः प्रधानमन्त्री ओली
काठमाडौँ, २४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् व्यापारमा नेपाललाई साढे चार अर्ब फाइदा भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपालले विद्युत्मा यस वर्ष साढे चार अर्ब फाइदा गरेको बताएका हुन् ।
‘हामीले यस वर्ष साढे चार अर्ब फाइदा (आयातभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात) गर्ने सफलता पाएका छौँ । हामीले विद्युत् आयात परिमाण घटाउँदै लगेका छौं,’– प्रधानमन्त्री ओलीले भनेका छन् ।
माधव नेपाल–झलनाथ खनाल विवाद उत्कर्षमा, बोलाईयो लगातार पार्टी कमिटीका बैठकहरू
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी कमिटीका बैठकहरु डाकेका छन् ।
पहिलो बैठक स्थायी कमिटीको राखेका छन् । अगाामी भदौ ४ गते स्थायी कमिटी बैठक बोलाईएको छ । भदौ ५ गते पोलिटब्यूरो र भदौ ८ गते केन्द्रीय कमिटी बैठक डाकेका छन् ।
पार्टीभित्र सम्मानित नेता झलनाथ खनालले आफूविरुद्ध सार्वजनिक रुपमा बोल्न थालेपछि सार्वजनिक रुपमै जवाफ फर्काउन थालेका नेपालले खनालले बस्न मन नभए पार्टी छोडेर जानसमेत भनिसकेका छन् ।
हिजोमात्रै पनि अध्यक्ष नेपालले विद्रोहप्रति गौरव गर्न नसक्ने भए एमालेमै फर्किएर अध्यक्ष केपी शर्मा ओलीको सेवा गरे हुन्छ भनेर खनाललाई तिखो प्रहार गरेका छन् ।
कैलालीमा कैदीबन्दीबीच झडप हुँदा एकको मृत्यु, गृहमन्त्रीले बोलाए सुरक्षा निकायका प्रमुखलाई
काठमाडौं, २४ साउन । कैलाली कारागारमा कैदीबन्दीहरुबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ । कैदीबन्दीहरुको झडपको क्रममा एकको निधन भएको छ । अहिले कैलाली कारागारको विषयमा छलफल गर्नको लागि गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरुको बैठक बोलाएका छन् ।
अहिले सिंहदबारस्थित् गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुखहरु भेला भएका छन् । केहीबेरमै छलफल सुरु हुने जनाईएको छ । कैलाली कारागारमा गएराति नै कैदीबन्दीहरुबीच झडप भएको हो । एक जनाको निधनसँगै झण्डै ५० जना कैदीबन्दीहरु सख्त घाईते भएका छन् ।उनीहरुको धनगढीमा उपचार भएको छ । कैदीहरुले नै कारागार निन्त्रणमा लिएको समाचार बाहिरिएको छ । प्रशासनले भने घट्नाबारे स्पष्ट पारिसकेको छैन ।
माओवादी फुटाउने प्रतिक्रियावादीहरुको सपना चकनाचुर बनाइने छः सुदन किराती
काठमाडौं । अहिले माओवादीभित्र अन्तर्संघर्ष चलिरहेको चर्चा छ । माओवादीभित्रका असन्तुष्ट समूहको नेतृत्व उपमहासचिव जनार्दन शर्माले गरिरहेका छन् ।
पार्टीमा असन्तुष्टि चुलिँदै गर्दा यता अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने माओवादी घटकहरु बीचको एकताको अभियान चलाइरहेका छन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य एवं पूर्व मन्त्री सुदन किरातीले पनि आफूलाई माओवादी रूपान्तरण, एकता, शुद्धीकरण र सुदृढीकरको पक्षमा उभ्यिाएका छन् ।
समितिले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले डिजिटल गभर्नेन्स अवलम्बन गर्ने
काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले यो वर्ष दोस्रो चरणको डिजिटल नेपाल फ्रेमवर्क-२ लागु हुने बताउनुभएको छ ।
राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा आयोजित बैठकमा मन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्क-२ (डिएनएफ-२) को मस्यौदा तयारी भइसकेको र मन्त्रालयले छिट्टै कार्यान्व्यन स्वीकृतिका लागि मन्त्रीपरिषदमा पेस गर्ने जानकारी दिनुभएको हो ।
समितिले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले डिजिटल गभर्नेन्स अवलम्बन गर्ने सम्बन्धमा नेपाल सरकार, सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयबाट भएका काम कारबाही एवम् कार्ययोजना-तयारी बारेमा छलफल गर्न बैठक राखेको थियो ।
उक्त बैठकमा मन्त्री गुरुङका अनुसार सरकारले २०७६ मा पहिलो चरणको डिजिटल फ्रेमवर्कले ८ मुख्य डोमेन र ८० वटा इनिसिएटिभ्स सहितको फ्रेमवर्क तयार पारेको थियो ।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच भेटवार्ता
काठमाडौँ, साउन २५ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको सो भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा भर्खरै सम्पन्न भएको भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका बारेमा जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
सभामुख घिमिरेद्वारा गाईजात्रा पर्वको शुभकामना
काठमाडौँ, साउन २५ गते । सभामुख देवराज घिमिरेले गाईजात्रा पर्वले सबैलाई नेपालको अमूल्य परम्परा जगेर्ना गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
सभामुख घिमिरेले आइतबार जारी गरेको शुभकामना सन्देशमा गाईजात्रा पर्वका अवसरमा विविधतामा एकता सुदृढ पार्न र शान्ति, करुणा तथा सांस्कृतिक गौरवमा आधारित समाज निर्माण गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको हो ।
“सामाजिक सद्भाव यसको अर्को महत्त्वपूर्ण पक्ष हो, गाईजात्राले जात, धर्म, वर्ग र पृष्ठभूमिको भेदभावलाई ओझेलमा पार्दै सबैलाई एउटै उत्सवको घेरामा ल्याउँछ”, शुभकामना सन्देशमा भनिएको छ, “यसमा हाँसो र व्यङ्ग्यको प्रयोग केवल मनोरञ्जनका लागि मात्र होइन, समाजका विकृति र विसङ्गतिहरूलाई सौम्य रूपमा औँल्याउने माध्यम पनि हो ।”
गाईजात्रा पर्व पावन अवसरमा देशभित्र र विदेशमा बसोवास गर्ने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना प्रकट गर्दछु । नेपालको सांस्कृतिक पात्रोमा विशेष स्थान ओगट्ने यस पर्वले समाजमा आपसी मेलमिलाप, सद्भाव र एकता कायम गर्ने सन्देश दिएको छ ।
पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन्ः सभापति देउवा
काठमाडौँ, साउन २५ गते । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक पर्वहरू हाम्रा पहिचान मात्र नभई सामाजिक एकता र सांस्कृतिक समृद्धिका प्रतीक पनि भएको बताउनुभएको छ ।
गाईजात्रा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले यस्ता पर्वले नेपाली समाजको आस्थासँगै परम्परागत मूल्यहरूलाई जीवित राखेका बताउनुभयो । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले भरिपूर्ण सुन्दर देश हो । यहाँ विभिन्न जातजाति/समुदायका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्वहरू छन् ।