आइत, ०६ वैशाख २०८३
नेपाली

मदन भण्डारी फाउण्डेशनबारे प्रधानमन्त्री ओलीको कडा टिप्पणी

Main News Image

काठमाडौं, २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउण्डेशनको गतिविधिलाई लिएर चिन्ता व्यक्त गरेका छन् । उनले फाउण्डेशन असल नियतका साथ खोलिएको भएपनि अहिलेको गतिविधिबारे भने संशय व्यक्त गरे ।  आज (सोमबार) पार्टी मुख्यालय च्यासलमा मदन–आश्रित स्मृति प्रतिष्ठानका प्रमुख प्रदीप ज्ञवालीलाई शपथ खुवाउने क्रममा ओलीले फाउण्डेशन कता जाँदैछ भनेर उसको गत

िविधि हेर्नुपर्ने बताएका हुन् । फाउण्डेशनको गठन ताका स्मृति गराउँदै प्रधानमन्त्री ओलीले भने,‘मदन आश्रित स्मृति दिवस मनाउन नपाइने, मदन आश्रितलाई श्रद्धाञ्जली दिन नपाइने, जन्मदिन मनाउन नपाइने स्थिति भएपछि, पर्सि जन्मदिन आज विकृतिपूर्ण लेखहरू लेखेर प्रकाशित हुने भएपछि हामीले एउटा संस्था बनाउनुप¥यो । पार्टीप्रति, आन्दोलनप्रति निष्ठासाथ जन्मेको हो फाउन्डेसन ।

सम्बन्धित खबर

other image

भिजिट भिसासम्बन्धी मापदण्ड खारेज

काठमाडौँ । नेपाल सरकारले हालै भिजिट भिसासम्बन्धी मापदण्ड खारेज गर्ने निर्णय गरेको समाचारले देशभित्र र बाहिर दुबै तर्फ चासो र बहस उत्पन्न गरेको छ।

यसअघि लागू मापदण्डले नेपाल भित्रिने पर्यटक, व्यवसायिक पाहुना वा पारिवारिक भ्रमणमा आउने व्यक्तिहरूका लागि आवश्यक प्रक्रिया, कागजात र मूल्य निर्धारणमा स्पष्टता ल्याएको थियो। तर, उक्त मापदण्ड हटाइँदा त्यसको उद्देश्य, कारण र सम्भावित प्रभावबारे गम्भीर प्रश्नहरू उठेका छन्।

नेपालको पर्यटन उद्योग लामो समयदेखि वैदेशिक भिजिट भिसा प्रणालीमाथि निर्भर छ। मापदण्ड खारेजसँगै अब भिसा प्रक्रिया सरल हुने कि अस्थिर भन्ने प्रश्न उठेको छ।

सरकारले भिसा प्रक्रिया सहज र पारदर्शी बनाउनका लागि नयाँ नियम ल्याउने भनिए पनि, स्पष्ट दिशानिर्देश नआएसम्म भ्रम बढ्ने सम्भावना छ। यसले वैदेशिक पर्यटकका साथै दूतावास र आव्रजन कार्यालयमा प्रशासनिक चुनौती पनि सिर्जना गर्न सक्छ।

साथै, खारेज निर्णयले भिसा नियन्त्रण र सुरक्षा निगरानी कमजोर हुने जोखिम पनि निम्त्याउन सक्छ। नेपालले खुला र सहज पर्यटन नीति अवलम्बन गर्दा पनि राष्ट्रिय हित र आव्रजन सुरक्षाको सन्तुलन कायम राख्नु जरुरी हुन्छ। त्यसैले सरकारले तत्काल नयाँ वैकल्पिक मापदण्ड ल्याएर स्पष्टता दिनुपर्छ, जसले भ्रमणकारीमैत्री नीति कायम राख्नेछ र आव्रजन व्यवस्थामा पारदर्शिता सुनिश्चित गर्नेछ।

सरकारले अध्यागमन प्रशासनमा सुशासन तथा व्यावसायिकता प्रवर्धन गर्ने उद्देश्यले हाल कार्यान्वयनमा रहेको छबुँदे मापदण्ड खारेज गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रीस्तरीय निर्णयमार्फत भिजिट भिसासम्बन्धी विसं २०८० माघ १० गते जारी भएको छबुँदे कार्यविधि खारेज गरी भिजिट भिसासम्बन्धी व्यवस्थालाई सहज बनाउने निर्णय गर्नुभएको हो ।

अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलनमार्फत भिजिट भिसामार्फत विदेश जान चाहने नेपाली नागरिकका हकमा सहज बनाइएको जनाइएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार भिजिट भिसासम्बन्धी विद्यमान कार्यविधि खारेज गरिएको बताए ।

समग्रमा, भिजिट भिसासम्बन्धी मापदण्ड खारेजको निर्णय केवल प्रशासनिक होइन, नीति–नैतिक जिम्मेवारीको विषय हो। यसलाई अवसरका रूपमा उपयोग गर्दै नेपालले विश्व समुदायमा खुला, सुरक्षित र आकर्षक गन्तव्यको रूपमा आफ्नो छवि अझ प्रस्ट बनाउनुपर्नेछ।

other image

मन्त्री यादव र भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा छलफल

काठमाडौँ  : खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा गहन छलफल सम्पन्न भएको छ ।

आज मन्त्री यादवको विशेष निमन्त्रणामा मन्त्रालयमा आउनु भएका भारतीय सरकारका विज्ञ टोलीहरूबीच मधेश प्रदेशमा देखिएको खानेपानी सङ्कट र त्यसको दीर्घकालीन समाधानका विषयमा गहन छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त टोली भोलि मङ्गलबारदेखि तराई–मधेसका सङ्कटग्रस्त जिल्लाहरूमा पुगेर स्थलगत रुपमा अनुगमन गरी समस्या समाधानका लागि आवश्यक कार्ययोजना निर्माणमा खटिनेछ ।

उक्त छलफलका क्रममा मन्त्री यादवले खानेपानीको सङ्कट सबैभन्दा तीव्र रूपमा वीरगञ्ज महानगरपालिकामा देखिएको छ भने बारा र अन्य जिल्लाका विभिन्न वडाहरूमा पनि पानी अभावले गम्भीर चुनौतीहरू निम्त्याइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विशेष गरी खानेपानीको सङ्कट सबैभन्दा तीव्र रूपमा वीरगञ्ज महानगरपालिकामा देखिएको र पानी अभावले गम्भीर चुनौतीहरू निम्त्याइरहेका छन् । त्यहाँको समस्या समाधान गर्न आवश्यक छ ।”

यसैगरी उहाँले नेपाल सरकार मधेश प्रदेशका जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले नेपाल–भारत सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन प्रतिबद्ध रहेको जानकारी गराउनुभयो ।

भारत सरकार जलशक्ति मन्त्रालयसँग केही महिना अघि हस्ताक्षर भएको समझदारी पत्र (एमओयु) को फलस्वरूप आजको सहकार्य सम्भव भएको र यसले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको मन्त्री यादवको भनाई छ ।

आजको उक्त भारतीय विज्ञ टोलीसँगको बैठकमा मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, सहसचिव मीना श्रेष्ठ, कमलराज श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, उपमहानिर्देशक नारायण प्रसाद आचार्य, मेलम्ची विकास समितिका प्रमुख रत्नप्रसाद लामिछाने सहभागी रहनु भको थियो ।

यसैगरी भारतीय विज्ञ टोलीका तर्फबाट देहरादूनका क्षेत्रीय निर्देशक प्रशान्त राई, जगदम्बा प्रसाद, लखनऊ खानेपानी विभाग र सरसफाइ सल्लाहकार आशिष पाण्डे लगायतको सहभागीता रहेको थियो ।

other image

मदन भण्डारी फाउण्डेशनबारे प्रधानमन्त्री ओलीको कडा टिप्पणी

काठमाडौं, २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउण्डेशनको गतिविधिलाई लिएर चिन्ता व्यक्त गरेका छन् । उनले फाउण्डेशन असल नियतका साथ खोलिएको भएपनि अहिलेको गतिविधिबारे भने संशय व्यक्त गरे । 

आज (सोमबार) पार्टी मुख्यालय च्यासलमा मदन–आश्रित स्मृति प्रतिष्ठानका प्रमुख प्रदीप ज्ञवालीलाई शपथ खुवाउने क्रममा ओलीले फाउण्डेशन कता जाँदैछ भनेर उसको गतिविधि हेर्नुपर्ने बताएका हुन् ।

फाउण्डेशनको गठन ताका स्मृति गराउँदै प्रधानमन्त्री ओलीले भने,‘मदन आश्रित स्मृति दिवस मनाउन नपाइने, मदन आश्रितलाई श्रद्धाञ्जली दिन नपाइने, जन्मदिन मनाउन नपाइने स्थिति भएपछि, पर्सि जन्मदिन आज विकृतिपूर्ण लेखहरू लेखेर प्रकाशित हुने भएपछि हामीले एउटा संस्था बनाउनुप¥यो । पार्टीप्रति, आन्दोलनप्रति निष्ठासाथ जन्मेको हो फाउन्डेसन ।

other image

खराब कामको विरोध गर्दा माओवादीलाई सरकार चाहिएको जसरी अर्थ्याउन खोजियोः प्रचण्ड

काठमाडौं, २५ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा जाने विषय आफूहरूको प्राथमिकतामा नरहेको बताएका छन् ।

आज (आइतबार) चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले गरेका कामको विरोध गर्दा माओवादीलाई सरकार चाहिएको जसरी अर्थ्याउन खोजिएको भन्दै अहिले नै सरकारमा जाने कुनै सोच नरहेको उनले बताए ।

 

सरकार परिवर्तनका विषयमा सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले भने, ‘यो सरकारले राम्रो काम गरिरहेको छैन । त्यस विषयमा कुरा उठाउँदा सरकार चाहिएको जसरी बुझ्नु हुँदैन । हामीलाई सरकार चाहिएको छैन । त्यस विषयमा हामीले कुनै चासो राखेका छैनौँ ।’

other image

कागेश्वरी मनोहराको तीन वटा स्वास्थ्य चौकीमा अत्याधुनिक ल्याब सेवा सञ्चालन

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले स्थानीय तहमा प्रविधिमैत्री, समावेशी र जनउत्तरदायी स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यका साथ तीन वटा स्वास्थ्य चौकीहरूमा अत्याधुनिक ल्याब सेवा सञ्चालनमा ल्याएको छ।

 वडा नं.२ स्थित आलापोट स्वास्थ्य चौकी, वडा नं. ५ स्थित डाँछी स्वास्थ्य चौकी, र वडा नं.९ स्थित गोठाटार स्वास्थ्य चौकीमा सेरो डाइनोस्टीक ट्रेडर्स नेपाल प्रा.लि.सँगको सहकार्यमा सञ्चालनमा ल्याइएका ल्याबहरूमा विश्वस्तरीय प्रविधियुक्त उपकरणहरू जडान गरिएको छ । जसले अटोमेटिक प्रणालीमार्फत गुणस्तरीय परीक्षणहरू सहज बनाउने छ।

नगरप्रमुख उपेन्द्र कार्कीले ल्याब उद्घाटन गरे । उनको दूरदर्शी, क्रियाशील र सकारात्मक नेतृत्वले कागेश्वरी मनोहरा नगरपालिकाको सेवा प्रणालीलाई आधुनिकिकरण र प्रभावकारिताको दिशामा अग्रसर गराएको छ। उनले स्वास्थ्य क्षेत्रलाई पूर्ण प्राथमिकता दिँदै प्रत्येक नागरिकलाई गुणस्तरीय सेवा पहुँचमा पुर्‍याउने स्पष्ट नीतिका साथ योजनाहरू कार्यान्वयन गरिरहेका छन् ।

other image

विद्यमान समस्या समाधान गर्ने जिम्मेवारी युवा पुस्ताको हो : मन्त्री गुरुङ

पाटन – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा पुस्ता भविष्यको कर्णधार मात्रै नभई देशको विद्यमान समस्या समाधान गर्ने जिम्मेवारी पनि भएको बताउनुभएको छ ।

अन्तरराष्ट्रिय युवा दिवसको सन्दर्भमा नेपाल युवा संस्था सञ्जाल (आयोन) नेपालले आज आयोजना गरेको कार्यक्रममा उहाँले समाज र संसारलाई परिवर्तन गर्नसक्ने क्षमता युवा नेतृत्वमा हुन सक्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री गुरुङले केही न केही परिवर्तन गरेर उत्कृष्ट नीतिमा देशलाई अगाडि बढाउन युवा नेतृत्वको आवश्यकता छ भन्नुभयो ।

“दिवसमा छलफल मात्रै गर्ने होइन, प्रतिबद्धता कार्यान्वयन महत्त्वपूर्ण हो, युवालाई दिगो विकास लक्ष्यको स्थानीय साझेदार कसरी बनाउने भनेर ध्यान दिनुपर्छ, नेपाली युवाले विदेशमा सूचना प्रविधि क्षेत्रको कम्पनी स्थापना गर्न सक्ने, आम्दानी भित्र्याउन सक्नेगरी कानुनी प्रबन्ध गरेका छौँ”, सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो ।

सूचना प्रविधि क्षेत्रको साझेदार र हिस्सेदार युवा हो भन्दै मन्त्री गुरुङले नेपालको विकासमा युवाको सहभागिता महत्त्वपूर्ण भएकाले उनीहरूलाई उत्प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “सूचना प्रविधिको क्षेत्रमा भएको परिवर्तनलाई दिगो विकास लक्ष्यसँग जोडेर कसरी कार्यान्वयन गर्ने र युवाको भूमिका के हुनसक्छ भनेर छलफल होस्, स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबीच समन्वय र आन्तरिक कार्यान्वयन कसरी गर्न सकिन्छ भनेर ध्यान दिनु आवश्यक छ ।”

other image

मिलेर हिमनदी पग्लने क्रमलाई रोक्न विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह

तुर्कमेनिस्तान- प्रधानमन्त्री केपी शर्मा ओलीले हिमनदी पग्लने गतिलाई कम गर्न सँगै मिलेर काम गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।

हिमनदी पग्लँदा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पार्ने जलवायु परिवर्तनको असरसम्बन्धी ‘साइड इभेन्ट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ठोस कार्यहरूद्वारा हाम्रा हिमालयलाई बचाउन सकिने बताउनुभयो ।

“हिमालका आवाजहरु पग्लने बरफमुनि मरेर नजाओस् । हिमालको रक्षाका लागि सँगै काम गर्न, नेतृत्व गर्न र साझेदारी गर्न नेपाल तयार छ । हाम्रा कदमले जलवायु न्यायमा काम गर्न विश्व समुदायलाई प्रेरित गर्न सकोस्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हिमालय अर्बौं मानिसहरूको जीवन र जीविकोपार्जनको स्रोत मात्र होइन, यो हाम्रो पहिचान, राष्ट्रिय गौरव, हाम्रो वर्तमान र भविष्य हो । यसका साथै हिमालय र महासागरहरूलाई एकअर्कामा रिचार्ज गर्ने माध्यम पनि हो ।”

प्रधानमन्त्री ओलीले पृथ्वीको कुलिङ सेन्टरका रुपमा रहेका हिमाललाई लोप हुन नदिने प्रयास नेपालको चाहनाले मात्र नभई कार्बन उत्सर्जन गर्ने मुलुकहरुलेसमेत गम्भीरता प्रदर्शन गरेमा मात्रै पूरा हुने स्पष्ट गर्नुभयो । उहाँले हिमनदी पग्लने समस्या नेपालजस्ता देशका लागि मात्र वातावरणीय चिन्ताको विषय नभई यो हाम्रो विकास, सुरक्षा र अस्तित्वको मुटुमा प्रहार गर्ने निरन्तर खतरा भएकाले यसको रक्षा अत्यावश्यक भएको बताउनुभयो ।

“नेपाल हिमनदी ताल फुट्ने बाढीको विनाशको सिकार भइसकेको छ । हिमनदी ताल फुटेर नेपाल र चीनको नाका रसुवागढीमा विनाशकारी बाढीका कारण मानवीय र भौतिक क्षति भयो । यस्ता जलवायुजन्य विपत्तिहरू बारम्बार भइरहेका छन् । भविष्यमा पनि यस्ता खतरा उत्पन्न हुन सक्छन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसका कारण हाम्रो कृषि, जलविद्युत्, पर्यटन र जैविक विविधतामा जोखिम बढ्दो छ । 

यी खतराहरू हाम्रो राष्ट्रिय सीमाभन्दा बाहिर फैलिएका छन् । हाम्रो भविष्यलाई जोखिममा पार्न सक्छन् । त्यसैले यसमा विश्व साझेदारी आवश्यक छ, नेपाल त्यो साझेदारी बढाउन तप्पर छ ।”

other image

प्रधानमन्त्रीबाट राष्ट्रिय झण्डा लिई पर्वतारोहणका लागि इण्डोनेशिया जाँदै पाण्डे

काठमाडौँ । विश्वका सातै महादेशका अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहनुभएका पर्वतारोही प्रकाशराज पाण्डे कास्ट्रेन्ज पिरामिड भनिने ओसिनिया क्षेत्रको सबैभन्दा अग्लो हिमाल आरोहणका लागि प्रस्थान गर्दै हुनुहुन्छ ।

आरोही प्रकाशराज पाण्डेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आरोहण अभियानमा सफलताको शुभकामना दिई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाई गर्नुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले पर्वतारोही पाण्डेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै अभियानमा सफल रही स्वदेश फिर्न शुभकामना दिनुभयो । आरोही पाण्डे अगष्ट १९ मा इण्डोनेशिया तर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

सगरमाथा, मनास्लु, आमादब्लम लगायत नेपालका विभिन्न हिमाल सहित दर्जनको सङ्ख्यामा सफल आरोहण गरिसक्नुभएका पाण्डेले सातै महादेशका अग्ला हिमाल चढ्ने अभियान शुरु गर्दै २०२४ को जुनमा युरोपको उच्च हिमशिखर माउण्ट एलब्रस आरोहण गर्नुभएको थियो भने सोही वर्षको नोभेम्बरमा अफ्रिकाको अग्लो चुचुरो किलिमन्जारोको सफल आरोहण गर्नुभयो । 

पाण्डेले यसै वर्ष फेब्रुअरीमा अर्जेन्टिनामा रहेको दक्षिण अमेरिकी महादेशको उच्च शिखर अकोन्कागुआको सफल आरोहण पनि गरिसक्नु भएको छ ।