आइत, ०६ वैशाख २०८३
नेपाली

वैदेतिक रोजगार

Main News Image

फैसला नआउँदै महाधिवेशन गर्न खोज्नु अदालतको आदेशको अवज्ञा : अध्यक्ष श्रेष्ठ

काठमाडौँ –गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश श्रेष्ठले वद्री केसी नेतृत्वको कार्यसमितिले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा महाधिवेशन गर्न खोज्नु अदालतको आदेशको स्पष्ट अवज्ञा भएको बताएका छन् ।  श्रेष्ठका अनुसार वद्री केसीको कार्यसमितिले २०८२ कात्तिक ४ (२१ अक्टोबर २०२५) सम्म काम गर्ने वा नगर्ने भन्ने विषय सर्वोच्च अदालतको पूर्ण इजलाशमा पेश गर्ने आदेश गत वैशाख २३ गते सर्वोच्च अदालतमा न्यायाधीश बालकृष्ण ढकाल र न्यायाधीश अब्दुल अजीज मुसलमानको संयुक्त इजलाशले दिएको हो । उक्त आदेशअनुसार मुद्दा अहिलेसम्म विचाराधीन छ र पूर्ण इजलाशको फैसला आइसकेको छैन । ’फैसला नआउँदै महाधिवेशन गर्ने तयारी गर्नु न्यायिक प्रक्रियाप्रति अनादर हो,’ अध्यक्ष श्रेष्ठले भने, ’यो कदम सर्वोच्चको आदेशको प्रत्यक्ष उल्लंघन हो र यसले संघमा एकताको साटो विवाद मात्र बढाउँछ ।’ केसीले आगामी अक्टोबरमा महाधिवेशनको तयारी गरेपछि श्रेष्ठले यस्तो बताएका हुन् । उक्त आदेशमा, डा. वद्री केसी अध्यक्ष रहेको अन्तर्राष्ट्रिय समन्वय परिषद्ले कात्तिक ४ सम्म काम गर्ने वा नगर्ने भन्ने विषयमा निश्चित कानुनी व्याख्या गर्न पूर्ण इजलाशमा मुद्दा पठाइएको स्पष्ट उल्लेख छ । आदेशमा आवश्यक कानुनी सिद्धान्त अवलम्बन गरी मात्र अन्तिम निर्णय हुने उल्लेख गरिएको छ । अध्यक्ष श्रेष्ठले सबै एनआरएनए सदस्यलाई आदेशको पूर्ण अध्ययन गरी विवेकपूर्ण निर्णय लिन आग्रह गर्दै भने, ’अदालतको आदेश पालना नगरी हुने महाधिवेशनले एनआरएनएलाई विभाजित मात्र बनाउनेछ, एकतावद्ध होइन ।’ सर्वोच्चकै फैसलाअनुसार श्रेष्ठ गत वैशाखमा एकता महाधिवेशनबाट अध्यक्ष चयन भएका थिए । त्यसयता आफू नै वैधानिक अध्यक्ष भएको श्रेष्ठको भनाइ छ । तर केसीले श्रेष्ठको कार्यसमितिलाई चुनौती दिँदै गतिविधि गर्दै आएका छन् । एनआरएनएमा लामो समयदेखि विवाद रहँदै आएकामा श्रेष्ठले एकताको पक्षमा आफ्नो धारणा राख्दै आएपनि त्यसतर्फ सकारात्मक नतिजा भने आउन सकेको छैन ।

चितवनमा दर्ताबिनाका कन्सल्टेन्सी र ल्यांग्वेज सेन्टर बन्द गर्न निर्देशन

चितवन : शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्दै आएका चितवनका ४५ वटा संस्था बन्द गर्न निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शिक्षा विकास तथा प्रविधि मन्त्रालय तथा...

मन्त्रालय अब डिजिटलक्रेसीको अवधारणामा : श्रम सचिव डा. पुष्कर

काठमाडौं : श्रम सचिव डा. कृष्णहरि पुष्करले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले डिजिटल युगलाई आत्मसात गर्दै डिजिटलक्रेसीको अवधारणामा नयाँ डिजिटल पद्धतिहरू थप्दै लगेको बताएका छन् । सोमबार मन्त...

फैसला नआउँदै महाधिवेशन गर्न खोज्नु अदालतको आदेशको अवज्ञा : अध्यक्ष श्रेष्ठ

काठमाडौँ –गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश श्रेष्ठले वद्री केसी नेतृत्वको कार्यसमितिले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा महाधिवेशन गर्न खोज्नु अदालतको आदेशको स्पष्ट...