अर्थ/वाणिज्य
नेपाल बैंकका ग्राहकलाई अल्फा हेल्थ केयरमा छुट
काठमाडौं : नेपाल बैंकका कर्मचारी र ग्राहकलाई काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रालिको सेवामा छुट हुने भएको छ । कर्मचारी र ग्राहकले स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट पाउने सम्झौता भएको हो । नेपाल बैंकमा कार्यरत कर्मचारी र ग्राहकलाई प्याथोलोजी ल्याबको विविध सेवाका लागि (निःशुल्क होम डेलिभरीको सुविधासहित) र औषधी खरिदमा लाग्ने शुल्कहरूमा बिल रकमको ७ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट हुने सम्झौता गरिएको छ । सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र अल्फा हेल्थ केयरका ल्याब निर्देशक डा. आभाष कोइरालाले हस्ताक्षर गरेका थिए ।
ताजा अपडेट
सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा
काठमाडौंः सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यअनुसार सुनको मूल्य प्रतितोला रु एक लाख ९९ हजार ४०० पुगेको छ ।
बिहीबार प्रतितोल...
आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा ४९ करोड राजस्व संकलन
जुम्लाः आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा वार्षिक लक्ष्यभन्दा कम रु ४९ करोड ४६ लाख राजस्व संकलन गरेको छ । कार्यालयको वार्षिक राजस्व उठाउने लक्ष्य रु ६३ करोड ७१ लाख रहेको थियो ।
आन्त...
ग्लोकल टिन हिरो २०२५ का ‘ग्लोकल २० अन्डर २०’ सार्वजनिक
काठमाडौं : ‘ग्लोकल २० अन्डर २०’ सार्वजनिक भएको छ । ग्लोकल टिन हिरो २०२५ को आयोजक ग्लोकल प्रालिले ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक गरेको हो ।
यस वर्षको छनोट नेपालभरका युवाहरूको प्रतिभा...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंककाअनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा कायम भएको छ ।&nbs...
नेपाल बैंकका ग्राहकलाई अल्फा हेल्थ केयरमा छुट
काठमाडौं : नेपाल बैंकका कर्मचारी र ग्राहकलाई काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रालिको सेवामा छुट हुने भएको छ । कर्मचारी र ग्राहकले स्वास्थ्य सेवामा लाग्ने शुल्क...








