यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंककाअनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ११ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ २३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३० पैसा र बिक्रीदर ९१ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८ रुपैयाँ ५
६ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३२ पैसा र बिक्रीदर चार रुपैयाँ ३४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३३ रुपैयाँ १५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४ रुपैयाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८३ पैसा र बिक्रीदर २१ रुपैयाँ ९२ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७ रुपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४६० रुपैयाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ८३ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ०८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
खुशी टाइम्स
सम्बन्धित खबर
नेपाल बैंकका ग्राहकलाई अल्फा हेल्थ केयरमा छुट
काठमाडौं : नेपाल बैंकका कर्मचारी र ग्राहकलाई काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रालिको सेवामा छुट हुने भएको छ । कर्मचारी र ग्राहकले स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट पाउने सम्झौता भएको हो ।
नेपाल बैंकमा कार्यरत कर्मचारी र ग्राहकलाई प्याथोलोजी ल्याबको विविध सेवाका लागि (निःशुल्क होम डेलिभरीको सुविधासहित) र औषधी खरिदमा लाग्ने शुल्कहरूमा बिल रकमको ७ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट हुने सम्झौता गरिएको छ ।
सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र अल्फा हेल्थ केयरका ल्याब निर्देशक डा. आभाष कोइरालाले हस्ताक्षर गरेका थिए ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंककाअनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ११ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ २३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३० पैसा र बिक्रीदर ९१ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८ रुपैयाँ ५६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३२ पैसा र बिक्रीदर चार रुपैयाँ ३४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३३ रुपैयाँ १५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४ रुपैयाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८३ पैसा र बिक्रीदर २१ रुपैयाँ ९२ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७ रुपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४६० रुपैयाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ८३ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ०८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
ग्लोकल टिन हिरो २०२५ का ‘ग्लोकल २० अन्डर २०’ सार्वजनिक
काठमाडौं : ‘ग्लोकल २० अन्डर २०’ सार्वजनिक भएको छ । ग्लोकल टिन हिरो २०२५ को आयोजक ग्लोकल प्रालिले ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक गरेको हो ।
यस वर्षको छनोट नेपालभरका युवाहरूको प्रतिभा, दूरदृष्टि र नेतृत्व क्षमता प्रदर्शन गर्ने उत्कृष्ट आवेदकमध्येबाट गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार किशोरकिशोरीहरूमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरूले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरू माझ चिनाउने कार्यक्रम गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपालको यो ११औं संस्करण हो ।
यस वर्ष सेप्टेम्बर १ तारिकका दिन अवार्ड कार्यक्रम र सम्मेलनमार्फत उनीहरूलाई पुरस्कृत गरिने जनाइएको छ । साथै, सोही दिन ग्लोकल टिन हिरो नेपाल विजेताको नाम पनि घोषणा गरिनेछ ।
ग्लोकल टिन हिरो २०२५ को ११औं संस्करणका लागि १३ देखि १९ वर्षका किशोरकिशोरीहरूका लागि खुला गरिएको थियो । जुलाई ३०, २०२५ सम्म आवेदन दिने अन्तिम म्यादसम्म परेका ७ सय ८६ जनामध्ये निर्णायकले उत्कृष्ट २० जनाको नाम छनोट गरेको हो ।
सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा
काठमाडौंः सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यअनुसार सुनको मूल्य प्रतितोला रु एक लाख ९९ हजार ४०० पुगेको छ ।
बिहीबार प्रतितोला रु एक लाख ९८ हजार ४०० मा कारोबार भएको छापावाला सुन आज तोलामा रु एक हजारले वृद्धि भइ हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु दुई हजार ३१५ मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला रु दुई हजार ३२५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।
आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा ४९ करोड राजस्व संकलन
जुम्लाः आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा वार्षिक लक्ष्यभन्दा कम रु ४९ करोड ४६ लाख राजस्व संकलन गरेको छ । कार्यालयको वार्षिक राजस्व उठाउने लक्ष्य रु ६३ करोड ७१ लाख रहेको थियो ।
आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख कर अधिकृत प्रभात घिमिरेका अनुसार कार्यालयले कुल ७८ प्रतिशत राजस्व संकलन गरेको छ । यस्तै, रु ३४ करोड ९५ लाख आयकरतर्फ राजस्व संकलन भएको छ । ‘भ्याट’तर्फ रु १३ करोड ५२ लाख र अन्तःशुल्कतर्फ रु ५९ लाख ६१ हजार राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ ।
जिल्लामा हालसम्म ३९ हजार ५७३ जना करदाता दर्ता प्रक्रियामा छन् । जसमा ‘भ्याट’तर्फ दुई हजार छ, आयकरतर्फ १७ हजार ४७०, अन्तशुल्कमा ७२९ र ‘प्यान’तर्फ १९ हजार ३६८ रहेको कार्यालयका सूचना अधिकारी पौडेलले जानकारी दिए ।
करदाता शिक्षालाई थप प्रभावकारी बनाउनका लागि निर्माण व्यवसायीलगायत ठूला तथा साना व्यवसायीलाई प्राथमिकता दिई सोहीअनुसार काम भइरहेको सो कार्यालयले जनाएको छ । बजार अनुगमन र कर शिक्षा स्थानीय तहमै पुगेर दिइने गरी काम भइरहेको सूचना अधिकारी पौडेलको भनाइ छ ।
बक्यौता भएको राजस्व तिर्ने दायित्व व्यवसायीकै भएकाले कार्यालयले पटकपटक परिपत्र गर्दा पनि यहाँका ठूला तथा साना गरी करिब ८०० बढी ‘फर्म’ तथा व्यवसायीले बक्यौता तिर्न नसकेको आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ । उक्त कार्यालयको जुम्लालगायत मुगु र कालीकोटमा पनि कार्यक्षेत्र रहेको छ ।