सानुमाया कराते विश्व च्याम्पियनसिपमा छनोट

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा हुने कराते विश्व च्याम्पियनसिपमा एकल काताका लागि छनोट भएकी छन् । विश्व कराते महासंघले नेपाल कराते महासंघलाई पत्र पठाउँदै नेपालकी सानुमाया आगामी विश्व च्याम्पि
यनसिपका लागि छनोट भएको जनाएको हो । आगामी नोभेम्बर २७ देखि ३० तारिखसम्म इजिप्टको काइरो शहरमा कराते विश्व च्याम्पियन आयोजना हुँदैछ । उक्त च्याम्पियनसिपका सानुमाया छनोट भइन् । विश्व वरीयताको आधारमा उनी छनोट भएकी हुन् ।
खुशी टाइम्स
सम्बन्धित खबर
बार्सिलोनाको जित
एजेन्सी – बार्सिलोनाले प्रि सिजनको मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ।
जोन ग्याम्पर ट्रफीमा आइतबार बार्सिलोनाले इटालियन क्लब कोमोलाई ५-० ले हराएको छ। बार्सिलोनालाई जितमा फर्मिन लोपेज र लामिन यामलले समान २ तथा अर्को गोल राफिन्हाले गरे ।
२१औं मिनेटमा लोपेजको गोलमा बार्सिलोनाले अग्रता लियो । ३५औं मिनेटमा उनैले अर्को गोल गरे।
राफिन्हाले ३७ औं मिनेटमा तेस्रो गोल गरे ।
४२औं मिनेटमा यामलले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै ४-० फराकिलो अग्रता लियो ।
यामलले ४९औं मिनेटमा अर्को गोल गरे ।
सनिशा पोखराको ब्रान्ड एम्बेसडरमा नियुक्त
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा निन्जाजले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि मोडल तथा अभिनेत्री सनिशा भट्टराईलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
ब्राण्ड एम्बेसेडरको रुपमा पोखरा निन्जाजमा आबद्ध हुन पाउँदा अत्यन्त खुसी र गर्व महसुस भएको उनले बताइन्।
प्रगती नाथ पोखराको मार्की खेलाडी रहेकी छिन् । केही साता अघि भएको अक्सनबाट पोखराले पुनम चन्द, मिना सुनार, सुनिता खत्री, गरिमा बोहोरा, निशा महरा र भावना तामाङलाई अनुबन्ध गरेको थियो ।
पोखराले रुपेश बिष्टलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा इडब्लुभिएलकाे दोस्रो संस्करण भदौ २० गते देखि २८ गतेसम्म हुनेछ ।
पाकिस्तानसँग वेस्ट इण्डिज पराजित
एजेन्सी – पाकिस्तानले पहिलो ओडिआईमा घरेलु टोली वेस्ट इण्डिजलाई ५ विकेटले हराएको छ।
बिहान ट्रिनिडाड एण्ड टोबागोमा शनिवार भएको पहिलो खेल जितेको पाकिस्तानले ३ ओडिआई सिरिजमा १-० को अग्रता बनाएको छ ।
२ सय ८१ रनको लक्ष्य पाकिस्तानले ४८.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा ‘प्लेयर अफ द म्याच’ हसन नवाज ५४ बलमा ५ चौका र ३ छक्कासहित ६३ रनमा अविजित रहे ।
कप्तान मोहम्मद रिजवान ६९ रनमा ४ चौकाको सहयोगमा ५३ रन बनाए । हुसेन तलत ३७ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४१ रनमा अविजित जोडे ।
बाबर अजाम ६४ बलमा ४७, अब्दुल्हा शफिक ३३ बलमा २९ तथा सलमान आगा २६ बलमा २३ रनमा आउट भए ।
वेस्ट इण्डिजका लागि शेमार जोसेफले २ तथा जयडेन सेल्स, गुणकेश मोटी र रोस्टन चेसले समान १ विकेट लिए ।
त्यसअघि ब्रायन लारा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इण्डिज ४९ ओभरमा २ सय ८० रन बनायो ।
वेस्ट इण्डिजका लागि इभेन लुइसले ६२ बलमा ५ चौका र ३ छक्कासहित ६० रन बनाए ।
सानुमाया कराते विश्व च्याम्पियनसिपमा छनोट
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा हुने कराते विश्व च्याम्पियनसिपमा एकल काताका लागि छनोट भएकी छन् ।
विश्व कराते महासंघले नेपाल कराते महासंघलाई पत्र पठाउँदै नेपालकी सानुमाया आगामी विश्व च्याम्पियनसिपका लागि छनोट भएको जनाएको हो ।
आगामी नोभेम्बर २७ देखि ३० तारिखसम्म इजिप्टको काइरो शहरमा कराते विश्व च्याम्पियन आयोजना हुँदैछ । उक्त च्याम्पियनसिपका सानुमाया छनोट भइन् । विश्व वरीयताको आधारमा उनी छनोट भएकी हुन् ।