आइत, ०६ वैशाख २०८३
नेपाली

ज्यान मार्ने उद्योग कसुरमा संलग्न व्यक्ति पक्राउ

Main News Image

काठमाडौं, ज्यान मार्ने उद्योग कसुरमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१३ कालीमाटी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-५ घर भएका ३४ वर्षीय सुमन भन्ने बिष्णु श्रेष्ठलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित टर्टल लाउन्ज एण्ड क्लबमा पीडितलाई ज्यान

मार्ने उद्देश्यले पुस ६ गते फलामको लेजर लाईट र नकले प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं ठमेलबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।   

सम्बन्धित खबर

other image

ज्यान मार्ने उद्योग कसुरमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं, ज्यान मार्ने उद्योग कसुरमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१३ कालीमाटी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-५ घर भएका ३४ वर्षीय सुमन भन्ने बिष्णु श्रेष्ठलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित टर्टल लाउन्ज एण्ड क्लबमा पीडितलाई ज्यान मार्ने उद्देश्यले पुस ६ गते फलामको लेजर लाईट र नकले प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं ठमेलबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

 
other image

राज्य व्यवस्था समिति सभापतिबाट रामहरि खतिवडाको राजीनामा

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिनुभएको छ। मङ्गलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले समिति सभापतिबाट राजीनामा दिनुभएको हो। 

राज्य व्यवस्था समितिबाट पारित भएको निजामति कर्मचारीसँग सम्बन्धित निजामती सेवा विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटी भएको निष्कर्ष संसदीय छानबिन समितिले निकालेपछि उहाँले समिति सभापतिको पदबाट राजीनामा दिनुभएको हो।

राजीनामा दिनुअघि सदनलाई सम्बोधन गर्नुहुँदै खतिवडाले आफू सुरुदेखि सरकारी कर्मचारीका लागि कुलिङ पिरियड लागु हुनुपर्छ भन्नेमा अडिग रहेको र भविष्यमा रहिरहने दाबी गर्नुभएको छ। 

राज्य व्यवस्था समितिको विधायिकी मनसाय विपरीत विधेयकको प्रतिवेदन तयार भएको दाबीसमेत खतिवडाले गर्नुभएको छ। उहाँले निजामती विधेयकमा भएको त्रुटि आफू र राज्य व्यवस्था समितिबाट नभएको दाबी गर्नुहुँदै अन्तिम रूपलाई गहिरिएर नहेर्नु कमजोरी भएको स्वीकार गर्नुभयो। 

कर्मचारीका लागि विश्वास गर्दा त्रुटि हुन पुगेको उहाँको भनाइ छ। राजीनामा दिँदै खतिवडाले आफू कूटिल राजनीतिको सिकार भएको उल्लेख गर्नुभयो।

संसदीय छानबिन प्रतिवेदनले आफूलाई दोषी नठहर्‍याएको पनि खतिवडाले दाबी गर्नुभएको छ। राजीनामा घोषणा गर्दै खतिवडाले भन्नुभयो, ‘‘प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाँसी राजीनामा दिएको घोषणा गर्दछु।’

राजीनामा दिँदै उहाँले समितिको सभापति हुँदा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । 

other image

जलविद्युत परियोजनामा लगानी भित्र्याउन विदेशी दूतावाससँग छलफल

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी बढाउन बेलायती लगानीकर्तालाई आग्रह गरेका छन् ।

नेपालको जलविद्युत लगायत नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी भित्र्याउने मुख्य उद्देश्यसहित लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै कार्कीले उक्त कुरा बताएका हुन् ।

other image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  पाल्पा, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका-५ बेझाड डेरा गरी बस्ने लमजुङ मर्स्याङ्दी गाउँपालिका-५ घर भएका २८ वर्षीय धन रासी विकलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

other image

डिजिटल रुपैयाँ प्रक्षेपणबारे राष्ट्र बैंकको परीक्षण सुरू

राष्ट्र बैंकको चौथो रणनीतिक योजनाअन्तर्गत नमूना परीक्षणको रूपमा यसको सुरूआत गर्ने भएको हो। 

जसअनुसार सो वर्षको असोज/कात्तिकतिर अन्तरदेशीय कारोबारको लागि पनि डिजिटल मुद्राको प्रयोग गरिने र २०८४ साउनदेखि खुद्रा कारोबारको लागि पनि यसको परीक्षण गर्ने कार्यतालिका छ।

other image

शिक्षा मन्त्रालयले आगामी वर्षदेखि नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने

स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन, २०७६ (मातृभाषासहित) कार्यान्वयन राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले अधारभूत तहको कक्षा १ देखि ८ सम्म एक विषय स्थानीय पाठ्यक्रमको पाठनपाठन गराउनुपर्ने व्यवस्था गरेको छ । 

यस व्यवस्थाको कार्यान्वयनका लागि स्थानीय तहले स्थानीय जनसमुदाको आवश्यकताअनुसार पाठ्यक्रम तथा पाठ्यसामग्री विकास गरी शैक्षिक वर्ष २०७७ देखि कक्षा १ बाट कार्यान्वयनमा ल्याउनुपर्ने छ । 

यसका लागि पाठ्यक्रम विकास केन्द्रले स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन २०७६ (मातृभाषासहित) विकास गरी स्थानीय तहको सहजीकरणका लागि सार्वजनिक गरेको छ । 

यसले स्थानीय पाठ्यक्रम विकासका सम्पूर्ण प्रक्रियामा सहजीकरण गर्ने छ । यो मार्गदर्शन केन्द्रको वेबसाइटबाट उपलब्ध हुनेछ ।

other image

नयाँ संविधान संशोधनमा दलबीच गहिरो छलफल

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्वकांक्षा छैन’, उनले संकल्प गरिन्, ‘देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो । जननेताले भन्ने गर्नुहुन्थ्यो– जनता भनेका भगवान हुन् । साथै उहाँले भन्नुभएको थियो– राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन ।’मन्तव्यको अन्त्यतिर भण्डारीले यी हरफ प्रस्तुत गर्दा सभा गृह फेरि अर्कोपटक तालीले गुञ्जिएको थियो । र उक्त हलबाट यो तहको समर्थन पाउनु स्वभाविक पनि थियो । किनकि पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा आजै त्यही हलबाट हुने जानकारी सार्वजनिक भइसकेको थियो ।
other image

मोबाइल एपमार्फतै नागरिकता प्रमाणिकरण प्रक्रिया सुरु

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्वकांक्षा छैन’, उनले संकल्प गरिन्, ‘देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो । जननेताले भन्ने गर्नुहुन्थ्यो– जनता भनेका भगवान हुन् । साथै उहाँले भन्नुभएको थियो– राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन ।’मन्तव्यको अन्त्यतिर भण्डारीले यी हरफ प्रस्तुत गर्दा सभा गृह फेरि अर्कोपटक तालीले गुञ्जिएको थियो । र उक्त हलबाट यो तहको समर्थन पाउनु स्वभाविक पनि थियो । किनकि पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा आजै त्यही हलबाट हुने जानकारी सार्वजनिक भइसकेको थियो ।