अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षा प्रणाली आधुनिक बनाइने

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्वकांक्षा छैन’, उनले संकल्प गरिन्, ‘देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो । जननेताले भन्ने गर्नुहुन्थ्यो– ज
नता भनेका भगवान हुन् । साथै उहाँले भन्नुभएको थियो– राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन ।’मन्तव्यको अन्त्यतिर भण्डारीले यी हरफ प्रस्तुत गर्दा सभा गृह फेरि अर्कोपटक तालीले गुञ्जिएको थियो । र उक्त हलबाट यो तहको समर्थन पाउनु स्वभाविक पनि थियो । किनकि पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा आजै त्यही हलबाट हुने जानकारी सार्वजनिक भइसकेको थियो ।