बुध, २२ असोज २०८२
नेपाली

महिला उद्यमशीलताका लागि १ अर्बको सहुलियत ऋण योजना सुरु

Main News Image

स्थानीय सीपमा आधारित खासगरी हस्तकलाका सामग्रीहरुको प्रचारप्रसार गर्ने उद्देश्यले १९९७ सालमा स्थापित ‘घरेलु उद्यम प्रचार अड्डा’लाई नेपाली उद्यमशीलताको पहिलो औपचारिक पाइलाका रुपमा लिन सकिन्छ ।  यद्यपि, कानुनी रुपमा भने प्रथम पञ्चवर्षीय योजना (२०१३)ले त्यसलाई थप व्यवस्थित गर्ने प्रयास गरेको हो । पहिलो औद्योगिक क्षेत्रका रुपमा २०१७ सालमा ब

ालाजु औद्योगिक क्षेत्र स्थापना भए पनि त्यसयताका तीन दशकसम्म नेपालको औद्योगिक विकास राज्य नियन्त्रित अवस्थामा रह्यो ।  २०४६ सालसम्म पनि निजी क्षेत्र खुलेर संलग्न रहन सकेन । २०४६ सालको राजनीतिक परिवर्तन र २०४७ सालको संविधान बन्दासम्म बामे सर्नसमेत नसकिरहेको नेपालको निजी क्षेत्र बहुदलपछिको सरकारले लिएको खुला बजार नीतिका कारण दौडिन थालेको मान्न सकिन्छ ।

सम्बन्धित खबर

other image

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं  महानगरपालिका-३२ सुविधानगर बस्ने सर्लाही कोडैना गाउँपालिका-२ घर भएका २९ वर्षीय अविनाश ठाकुरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा २०८१ पुस १ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं सुविधानगरबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

other image

नाइमा नेपाल मोबिलिटी एक्स्पो

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ सुरु भएको छ । नाइमा नेपाल मोबिलिटी एक्स्पोको उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले उद्घाटन गरे ।

आगामी आइतबारसम्म जारी रहने एक्स्पो मा ३५ वटा नयाँ सवारी साधनहरू लन्च हुने बताइएको छ । नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले मोबिलिटी क्षेत्र नेपालको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको महत्त्वपूर्ण इन्जिन भएको बताईन् ।

other image

विदेश जान चाहने युवाहरूका लागि नयाँ प्रक्रिया लागू

काठमाडौँ। सरकारले वैदेशिक रोजगारीमा जान चाहने युवाहरूका लागि ऋणको व्यवस्था गरेको छ। 

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति अनुसार पुरुष युवाले ३ लाख रुपैयाँसम्म र महिलाले ५ लाख रुपैयाँसम्म ऋण पाउने भएका छन्।

other image

महिला उद्यमशीलताका लागि १ अर्बको सहुलियत ऋण योजना सुरु

स्थानीय सीपमा आधारित खासगरी हस्तकलाका सामग्रीहरुको प्रचारप्रसार गर्ने उद्देश्यले १९९७ सालमा स्थापित ‘घरेलु उद्यम प्रचार अड्डा’लाई नेपाली उद्यमशीलताको पहिलो औपचारिक पाइलाका रुपमा लिन सकिन्छ ।

 यद्यपि, कानुनी रुपमा भने प्रथम पञ्चवर्षीय योजना (२०१३)ले त्यसलाई थप व्यवस्थित गर्ने प्रयास गरेको हो ।

पहिलो औद्योगिक क्षेत्रका रुपमा २०१७ सालमा बालाजु औद्योगिक क्षेत्र स्थापना भए पनि त्यसयताका तीन दशकसम्म नेपालको औद्योगिक विकास राज्य नियन्त्रित अवस्थामा रह्यो । 

२०४६ सालसम्म पनि निजी क्षेत्र खुलेर संलग्न रहन सकेन । २०४६ सालको राजनीतिक परिवर्तन र २०४७ सालको संविधान बन्दासम्म बामे सर्नसमेत नसकिरहेको नेपालको निजी क्षेत्र बहुदलपछिको सरकारले लिएको खुला बजार नीतिका कारण दौडिन थालेको मान्न सकिन्छ ।